
सेयर बजारमा उच्च गिरावट



काठमाडौं । मंगलबार सेयर बजार ओरालो लागेको छ । सोमबार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको बजारमा आज भने भारी अकंले गिरावट देखिएको हो ।
निर्वाचनपछि सोमबार खुलेको बजारमा तेस्रो पटक सर्किट ब्रेक लागेपछि बन्द भएको थियो । सो दिन करिब ३ मिनेट मात्रै बजार खुलेको थियो । आज बजारमा राताम्य आइरहेको छ । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमतसहित दुई तिहाई नजिक पुगेसँगै बजारमा हिजो उत्साह आएको थियो ।
आजको कारोबार जारी रहँदा सेयर बजार ५४.६८ अंकले घटेर कारोबार भइरहेको छ । यो १.९० प्रतिशतले कम हो ।

