
ऋषि धमलाले गरे पार्टी परित्याग



काठमाडौं । चुनावमा पराजय भएपछि ऋषि धमलाले पार्टी परित्याग गरेका छन् । रौतहट–४ मा पराजित भएसँगै धमलाले आम जनता पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सोमबार रिपोर्टस् क्लबमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै उनले पार्टी र चुनाव चिह्नसँगको सम्बन्ध सकिएको बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आजको दिनबाट जुन चुनाव चिह्नबाट लडेको थिएँ, त्यो पार्टी र चुनाव चिह्नसँग मेरो सम्बन्ध रहँदैन । मैले त्यो पार्टी र चिह्नलाई खाली चुनावमा मात्र प्रयोग गरेको थिएँ ।’

