
रौतहट-३ मा रास्वपाका रविन्द्र पटेल विजयी



रौतहट । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन्द्र पटेल विजयी भएका छन् । २७ हजार ३१८ मत ल्याएर उनी विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी जनता समाजवादीका गोविन्द चौधरीलाई उनले १५ हजार ३६४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले ११ हजार ९५४ मत ल्याए । त्यस्तै आम जनता पार्टीका प्रभु साहले ९ हजार ८९० तथा एमालेका कुन्दन प्रसाद कुशवाहाले ६ हजार ६०५ मत ल्याए ।

