
काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेपछि आजका लागि बजार बन्द भएको छ । निर्वाचन पछिको पहिलो कारोबार दिन बजार ६ प्रतिशतले बढेर बन्द भएको हो ।
आज सेयर बजार १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेर बन्द भएको हो । सेयर बजारमा एक घण्टाको अवधिमा ६ प्रतिशतले बढेमा कारोबार बन्द हुन्छ ।