
सेयर बजारमा दोस्रो सर्किट, ४० मिनेटलाई पुन बन्द



काठमाडौं । पहिलो सर्किट लागेर २० मिनेट बन्द भएको बजारमा खुल्न वित्तिकै दोस्रो सर्किट लागेको छ । ४ प्रतिशत बढेर २० मिनेटका लागि रोकिको बजार खुल्न वित्तिकै ५ प्रतिशतले बढेर फेरि सर्किट लागेको हो ।
योसँगै बजार ४० मिनेटका लागि पुनः बन्द भएको छ । अवस्थामा सेयर बजार १३५.७२ अंकले बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।

