
पहिलो मिनेटमै सेयर बजारमा हिट, २० मिनेटका लागि बजार बन्द



काठमाडौं । निर्वाचन पछिको पहिलो कारोबारको पहिलो मिनेटमा नै बजार हिट भएको छ । कारोबार खुलेको पहिले मिनेटमा नै सेयर बजारमा उच्च अंकको वृद्धि भएर सर्किट लागेको हो ।
आजको कारोबार सुरु हुन वित्तिकै सेयर बजार १०८.६० अंकले बढेर २८२१.१० विन्दुमा पुगेको हो । यो ४ प्रतिशतको वृद्धि हो । यो सँगै सेयर बजार २० मिनेटका लागि बन्द भएको छ ।

