

नबिल बैंकले धितोपत्र बोर्डसँग माग्यो ३ अर्बको ऋणपत्र जारी गर्ने अनुमति


काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड सेबोन सँग अनुमति माग गरेको छ । सो अनुमति बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ३० लाख इकाई तीन अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न माग गरेको हो ।
धितोपत्र बार्डले उक्त अनुमति सदर गरेसँगै १२ लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ-संस्थालाई बिक्री गर्नेछ ।
हाल नबिल बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर भएको ‘नबिल बैंक डिबेन्चर, २०८९’ बिक्री गर्न लागेको हो भने त्यसका लागि ८ वर्षको समय अवधि तोकिएको छ। बैंकको डिबेन्चरमा नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ ।