
कांग्रेस छोडेर रास्वपामा गएका विक्रम खनालले पछि पारे विनोद चौधरीलाई



काठमाडौं । नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ को मतगणनामा रास्वपाका विक्रम खनालले नेपाली कांग्रेसका विनोद चौधरीलाई पछि पार्दै अग्रता कायम गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालले हालसम्म ३ हजार २८० मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार चौधरीले १ हजार ४२० मत प्राप्त गरेका छन्।
लुम्बिनी प्रदेशमा कांग्रेसका महामन्त्रीसमेत रहिसकेका खनाल हाल चुनावी प्रतिस्पर्धामा चौधरीका लागि मुख्य चुनौतीका रूपमा देखिएका छन्। यसैगरी नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेले १ हजार ९ मत प्राप्त गरेका छन् भने हृदयेश त्रिपाठीले ७३१ मत प्राप्त गरेका छन्।

