
सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी अग्रस्थानमा, पछि परे उपेन्द्र यादव



जनकपुरधाम । सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर–३ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी अग्रस्थानमा देखिएका छन्। पछिल्लो मत परिणामअनुसार चौधरीले ८६९ मत प्राप्त गरेका छन्।
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवले ४८९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादवले २४१ मत प्राप्त गरेका छन्।मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

