
मकवानपुर-२ : रास्वपाका प्रशान्त अगाडि, तेस्रोमा एमालेका महेश बर्तौला



काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती १ हजार ६ सय ३० मतसहित अगाडि छन् ।
नेपाल कांग्रेस उम्मेदवार बुद्ध लामाले ६ सय १४ मत पाएका छन् । तेस्रोमा रहेका एमाले उम्मेदवार महेशकुमार बर्तौलाले ५ सय १ मत पाएका छन् भने चौथोमा रहेका नेकपाका उम्मेदवार लवशेर विष्टले २ सय १२ मत ल्याएका छन् । अघिल्लो चुनावमा बर्तौला विजयी भएका थिए । यसपालि मतगणना जारी रहँदा तेस्रोमा छन् ।

