
रोल्पामा वर्षमानले बढाए अग्रता



रोल्पा । रोल्पामा नेकपाका उम्मेदवार वर्षमान पुनले अग्रता बढाएका छन्। पुनले १ हजार ४२१ मत ल्याउँदा नेकपा माओवादीका चुडामणि वलीले ५५७ मत ल्याएर पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ८६४ छ।
तेस्रो स्थानमा रहेको एमालेका गोकुलप्रसाद घर्तीले २११, कांग्रेसका डा.सुदनकुमार वलीले १५६, रास्वपाका बालराम थापाले ७७, मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्ती मगरले ४१, जनमोर्चाका मेघनाथ विष्टले २३ मत पाएका छन्।
मतगणना अहिले जारी छ।

