
दाङमा एमाले महासचिव पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका विपीनको अग्रता



रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपा सहमहामन्त्री विपीन आचार्यले अग्रता लिएका छन् ।
दाङको निर्वाचन क्षेत्र नं २ मा जारी मतगणनाको पछिल्लो अपडेटअनुसार विपिनले २४२९ मत ल्याउँदा शंकर पोखरेलले ५८३ मत ल्याएका छन् भने कांग्रेसका किरणकिशोर घिमिरेले ३८७ र नेकपाका निर्मल आचार्यले २१३ मत ल्याएका छन् ।

