
सांसद निर्वाचित भएपछि रञ्जु दर्शना भन्छिन्- यो विजय देशको



रास्वपाबाट काठमाडौं १ मा सांसद निर्वाचित भएकी रञ्जु दर्शनाले देशको जित भएको प्रतिक्रिया दिएकी छन् । यस आमनिर्वाचनमा उनी पहिलो विजयी घोषित उम्मेदवार हुन् ।
भारी मतका साथ विजयी भएपछि सामािजक सञ्जालमा स्टाटस लेख्दै उनले सबै मतदाताहरुप्रति आभार प्रकट गरेकी छन् ।
उनी लेख्छिन्, ‘यो विजय देशको । परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टि चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।’

