
शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेलाई सुरुवाती अग्रता, रास्वपा पछ्याउँदै



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले सुरुवाती आग्रता कायम गरेको छ। यहाँ देउवाका विश्वासपात्र नैनसिंह महरले ३०७ मतसहित अग्रता लिएका हुन्। उनलाई रास्वपाले १०५ मतसहित पछ्याइरहेको छ।
यहाँ नेकपाका उम्मेदवारले ८७ मत पाउँदा एमाले उम्मेदवारले ३७ मत पाएका छन्। डडेल्धुरामा महरसँगै नेकपा एमालेबाट चक्र स्नेही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मानसिंह माल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा तारा जोशी चुनावी मैदानमा उत्रिएका छन्।

