
२ बजेसम्म देशभरि खस्यो ६२ लाख मत, कुन प्रदेशमा कति ?



काठमाडौं । बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो ।
बिहान ७ बजेदेखि मतदान भइरहको छ । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ । त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ ।
देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ ।


