
अर्काको नाममा मतदान गर्ने पक्राउ



काठमाडौं । अर्काको नाममा मतदान गर्ने एक व्यक्ति रौतहटबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर नगरपालिका-९ बैरिया बस्ने १८ वर्षीय अरजे हयात रहेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय बैरिया अनाथालय मतदान स्थलबाट उनी पक्राउ परेका हुन्। महमद आसिकको नाममा भोट हाल्न लाइनमा बसिरहेको बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले चेकजाँच गर्दा उनले अर्काको नाममा मतदान गर्ने तयारी गरेको खुलेको छ।
पक्राउ पछि उनलाई इलाका प्रहरी कार्यालय राजपुरमा राखिएको छ। त्यसैगरि राजपुर निवासी नुजमा बेगम पनि पक्राउ परेका छन्। उनले पनि अर्काको नाममा भोट हाल्ने तयारी गरिरहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। बेगमलाई भने प्रहरीले छाडेको छ।

