
कोसीका पहाडी ११ जिल्लामा अहिलेसम्म ४० प्रतिशत मतदान



काठमाडौं । कोसी प्रदेशका झापा, मोरङ र सुनसरी बाहेकका पहाडी जिल्लामा अहिलेसम्म करिब ४० प्रतिशत मतदान भएको छ । हिमाली जिल्ला ताप्लेजुङमा १२७ मतदान केन्द्रमा शान्त पूर्वक मतदान भई रहेको छ ।
९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङमा अहिलेसम्म करिब ४० प्रतिशत मतदान भएको बताइएको छ । त्यस्तै इलाममा ४० प्रतिशत मत खसेको छ । २ लाख ३२ हजार मतदाता रहेको यस जिल्लामा ४० प्रतिशतले मतदान भइसकेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । त्यस्तै पाँचथरमा दिउँसो १ बजेसम्ममा ४८ हजार मत खसेको छ । यहाँ १ लाख ४३ हजार ४ सय ८ मतदाता रहेका छन् । यसमा करिब ३४ प्रतिशत मत खसेको हो । सङ्खुवासभामा भने १ः३० बजेसम्म ३० प्रतिशत मत खसेको जनाइएको छ । उता धनकुटामा करिब २८ हजार अर्थात् २४ प्रतिशत मत खसेको छ ।
तेह्रथुम जिल्लामा १ः३० बजेसम्म २५ हजार ४२५ मत खसेको छ । अहिलेसम्म यहाँ ३५ प्रतिशत मत खसेको जनाइएको छ । खोटाङ जिल्लामा ३४ हजार ५८० अर्थत २४ प्रतिशत मत खसेको छ ।
हिमाली जिल्ला सोलुखुम्बुमा पनि निर्बाध रुपमा निर्वाचन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १ बजेसम्ममा ३६ प्रतिशत मत खसेको छ । उता उदयपुरमा करिब ४० प्रतिशत मत खसेको छ ।

