
सिन्धुलीमा ३२ प्रतिशत मत खस्यो



काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतदानको क्रममा सिन्धुलीमा हालसम्म ३२ प्रतिशत मत खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार सिन्धुलीमा ३४ हजार ९४८ महिला र ३० हजार ३६४ पुरुष गरी ६५ हजार ३१२ मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन् ।
‘अहिलेसम्म कूल मतदाता संख्याको ३२ प्रतिशत मत खसेको छ,’ एसपी सुवेदीले भने, ‘शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । उत्साहका साथ मतदाताले भाग लिइरहनुभएको छ ।’

