
दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा दियो आवेदन



काठमाडौं । दुध पोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्न आवेदन दिएको हो ।
कम्पनीले २० करोड २० लाख रुपैयाँ बराबरको २० लाख २० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

