
वैभव उद्यमी सम्मान २०८२ सम्पन्न भकारी विज्नेज हाउस र पोलिटेक रिसाइकल सम्मानित



काठमाडौं । उद्यमशीलता प्रवर्द्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको “वैभव उद्यमी सम्मान कार्यक्रम २०८२” सम्पन्न भएको छ। कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठान का प्रमुख कार्यकारी अधिकृत उमेश कुमार गुप्ता को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
यस वर्षको वैभव उद्यमी सम्मान अन्तर्गत Rising Entrepreneur (राजिङ इन्टरप्रेनर) विधामा भकारी विज्नेज हाउस प्रा.लि. सम्मानित भएको छ भने Emerging Successful Entrepreneur विधामा पोलिटेक रिसाइकल ले सम्मान प्राप्त गरेको छ।
भकारी विज्नेज हाउस प्रा.लि. नेपाली हिमालयन वेलनेसका उत्पादनहरूको उत्पादन तथा बजारीकरण गर्दै आएको कम्पनी हो, जसले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ। त्यस्तै, पोलिटेक रिसाइकल फोहोर वर्गीकरण तथा पुनर्चक्रण (Recycle) सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको उद्यम हो, जसले २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।
सम्मान प्राप्त गर्ने उद्यमीहरूले खुशी व्यक्त गर्दै सम्मान पाउने अपेक्षा नगरेको भए पनि मूल्याङ्कन समितिबाट छनोट हुँदा थप हौसला प्राप्त भएको प्रतिक्रिया दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि उमेश कुमार गुप्ताले सम्मानित उद्यमीहरूलाई बधाई दिँदै देश विकासका लागि उद्यमी व्यवसायीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाल सरकारअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरूलाई ३ प्रतिशत ब्याजदरमा विना धितो २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइरहेको र यस वर्ष मात्र १० हजारभन्दा बढी आवेदन परेको जानकारी दिनुभयो।
हरेक वर्ष फागुन १० मा आयोजना
उक्त कार्यक्रम Aeronep Consulting Services द्वारा आयोजना गरिएको हो। आयोजकका अनुसार वैभव उद्यमी सम्मान हरेक वर्ष फागुन १० गते आयोजना गरिनेछ। एरोनेप कन्सल्टिङ सर्भिसेज व्यवसाय परामर्श, कर तथा वित्तीय मार्गदर्शन र नीति अध्ययन क्षेत्रमा कार्यरत संस्था हो।
युवा उमेरमै साहसिक यात्रा
यस वर्षको Rising Entrepreneur विधामा सम्मानित भएका छन् भकारी विज्नेज हाउस प्रा.लि. का संस्थापक २३ वर्षीय धन बहादुर कार्की। युवा उमेरमै व्यवसाय सुरु गरेका कार्कीले नेपाली हिमालयन वेलनेसका उत्पादनहरू उत्पादन तथा बजारीकरण गर्दै आएका छन्। भकारीले हाल २५ जना युवालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।
कार्कीका अनुसार, सम्मान पाउने अपेक्षा नगरेको भए पनि छनोट प्रक्रियाबाट आफू चयन हुँदा थप जिम्मेवारी र प्रेरणा मिलेको छ। “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि होइन, युवाले देशमै केही गर्न सक्छन् भन्ने विश्वासको प्रतीक हो,” उनले प्रतिक्रिया दिए।
फोहोरबाट अवसर सिर्जना
त्यस्तै, Emerging Successful Entrepreneur विधामा सम्मानित भएको छ पोलिटेक रिसाइकल। सन् २०७८ सालमा आशिस लामा, दावा दोर्जे मोक्तान र फुर्वा योन्जन गरी तीन युवाले स्थापना गरेको यस उद्यमले फोहोरको वर्गीकरण तथा पुनर्चक्रण (Recycle) व्यवसाय सञ्चालन गर्दै आएको छ।
फोहोरलाई समस्या होइन, सम्भावना ठानेका यी ३ जनावाहरूले हाल २० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्। वातावरणीय संरक्षण र आर्थिक गतिविधिलाई सँगसँगै अघि बढाउँदै उनीहरूले दिगो विकासको उदाहरण प्रस्तुत गरेका छन्।
उद्यमशीलतालाई प्रोत्साहनको सन्देश
कार्यक्रमका प्रमुख अतिथि उमेश कुमार गुप्ताले सम्मानित उद्यमीहरूलाई बधाई दिँदै देश विकासका लागि यस्ता प्रेरणादायी कार्यक्रम आवश्यक रहेको बताए। उनले नेपाल सरकारअन्तर्गत औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवउद्यमीहरूलाई ३ प्रतिशत ब्याजदरमा विना धितो २० लाख रुपैयाँसम्म स्टार्टअप कर्जा उपलब्ध गराइरहेको जानकारी दिँदै यस वर्ष मात्र १० हजारभन्दा बढी आवेदन परेको उल्लेख गरे। यसले युवामा बढ्दो उद्यमशील रुचि झल्काउने उनले बताए।
केवल सम्मान होइन, अभियान
उक्त कार्यक्रम Aeronep Consulting Services द्वारा आयोजना गरिएको हो। आयोजकका अनुसार वैभव उद्यमी सम्मान हरेक वर्ष फागुन १० गते आयोजना गरिनेछ। व्यवसाय परामर्श, कर तथा वित्तीय मार्गदर्शन र नीति अध्ययनमा सक्रिय एरोनेपले उद्यमशीलतालाई प्रोत्साहन गर्ने दीर्घकालीन अभियानकै रूपमा यस सम्मानलाई अघि बढाएको जनाएको छ।
आज जब धेरै युवा दोबाटोमा उभिएका छन् : बस्ने कि जाने, संघर्ष गर्ने कि हार मान्ने — त्यही बेला वैभव उद्यमी सम्मानले एउटा स्पष्ट सन्देश दिएको छ : सम्भावना अझै यहीँ छ।

