
आईसीसी टी–२० विश्वकप : इटाली विरुद्ध नेपाली टोलिको सामान्य लक्ष्य



काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई सामान्य लक्ष्य दिएको छ । पहिले खेलमा निकै उत्कृष्ट खेल खेलेको नेपालले दोस्रो खेलमा भने निकै खराव प्रदर्शन गरेको हो । इटालीले जितका लागि १२४ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुँदै १२३ रन मात्रै बनायो । नेपालका लागि आरिफ शेखले सार्ववधिक २७ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले सर्वाधिक २३ रन बनाए । आशिफ शेखले २० रन बनाए । करण केसीले १८ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।

