
विश्वकप क्रिकेट : इंग्ल्यान्डविरुद्ध नेपाललाई जितका लागि १८५ रनको लक्ष्य



काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १८४ रन बनाएको हो ।
इंग्ल्यान्डका लागि याकूब बेथेलले सार्वधिक ५५ रनको योगदान दिए । त्यस्तै कप्तान ह्यारे ब्रुकले पनि ५३ रनको योगदान दिए । नेपालका लागि नन्दन यादब र दीपेन्द्र सिंह ऐरिले समान दुई दुई विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र शेर मल्लले एक एक विकेट लिए ।

