
सुनको मूल्यमा वृद्धि



काठमाडौं। साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढ्न पुगेको छ। सोही दिन सुन तोलामा नौ हजार ५०० रुपैयाँले बढेको हो ।
पछिल्लो समय ठूलो उत्तर चढाव आएको नेपाली बजारमा आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य पनि बढ्न पुगेको छ।
यसअघि शुक्रबार तोलामा ४ हजार ७१० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ५ हजार १० रुपैयाँ पुगेको हो ।

