
गरिमा क्यापिटललाई गरिमा सुवर्ण योजनाको इकाई बिक्री गर्न अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले गरिमा सुवर्ण योजनालाई इकाई बिक्री गर्न अनुमति दिएको छ । बोर्डले १० रुपैयाँ अंकित दरले १० करोड इकाई बिक्री गर्न अनुमति दिएको हो । यसको योजना व्यवस्थापक तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ । यो म्युचुअल फण्ड खुलामुखी योजना अन्तर्गत पर्छ ।

गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट समेत सहजिकरण हुँदै आएको छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।


