
केपी ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्।
ओली यसअघि पनि यही निर्वाचन क्षेत्रमा विजयी भइसकेका छन्। यसै क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गरेका छन्। शाहले काठमाडौंको मेयर पदबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन्।

