
नेपालगन्ज चौथो म:म महोत्सव



नेपालगन्ज । विभिन्न दुई सय प्रकारका म:मको स्वाद प्राप्त गर्ने गरी यहाँ ‘म:म: फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ ।
नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीन दिने म:म महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएकोे महोत्सवलाई आगामी वर्षदेखि नेपालगन्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उनको भनाई ।
पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आज सांस्कृतिक कार्यक्रमसँगै म:म: मेकिङ एन्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताए । सो महोत्सवमा दुई सयभन्दा बढी प्रकारका म:म: सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिए । स्थानीय स्वादसँगै नयाँनयाँ फ्लेवरका म:म:ले महोत्सवलाई विशेष बनाएको उनको भनाइ छ । कौशलले अकबरे खुर्सानी, कोदो, फापर तरुललगायत दुई सय प्रकारका म:म महोत्सवमा प्राप्त हुने बताए ।

