
सेयर बजारमा साढे १ अंकको सुधार, ६ अर्ब माथिको कारोबार



काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १२५ कम्पनीको सेयर मूल्य बढ्यो भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबार बन्द हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले घटेर ५४५.७३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
आज सेयर बजारमा ६ अर्ब माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ७२ हजार ६७१ पटक खरिद बिक्री हुँदा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।

