
कांग्रेसको सभापतिमा गगन थापाको उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा थापाले उम्मेदवारी दिएको उच्च स्रोतले जानकारी दिएको छ । अहिलेसम्म थापाको मात्र उम्मेदवारी परेको छ ।
महाधिवेशनमा सभापतिका लागि ४ वटा फर्म लिएका छन् । तर, उम्मेदवारी भने थापाको मात्र परेको स्रोतले जानकारी दिएको छ ।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकियो र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ ।

