
जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस २६ गते बसेको सञ्चालक समितिले लाभांश नदिने निर्णय गरेको छ।
बैठकले कम्पनीको गत असार मसान्तसम्मको वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण पारि गरी लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै सञ्चालक समितिबाट पारित वित्तीय विवरणहरू नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ।

