
सालपा विकास बैंक आइपीओ बाँडफाँड



काठमाडौं । सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले उक्त आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता आइपीओ बिक्री गरेकोमा २३ लाख २ हजार ८४३ जनाले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमा २२ लाख ६५ हजार ९५५ आवेदन स्वीकृत भएको थियो ।
आइपीओ १ लाख ४३ हजार ९१७ जनाले १०/१० कित्ताका दरले र यीमध्येबाट ९ जना आवेदकले थप १/१ कित्ता गरी कुल ११ कित्ता शेयर पाएका हुन् ।
आइपीओको रिजल्ट भने तल दिएको लिंकमा गएर हेर्न सकिन्छ ।

