
सामान्य अंकले बढेर बन्द भयो नेप्से, कारोबार रकम पाँच अर्बभन्दा तल



काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । त्यस्तै आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.९२ अंकले बढेर ४५५.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा पाँच अर्ब भन्दा तलको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ६९ हजार २६१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।

