
च्यासलमा आज एमालेको सचिवालय बैठक बस्दै



काठमाडाैं । मंगलबार नेकपा एमालेकाे सचिवालय बैठक बस्ने भएको छ। बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्न लागेकाे केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए।
समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको हाे ।
आगामी माघ ११ गतेका लागि घोषित राष्ट्रियसभाका रिक्त पदमा हुने निर्वाचनमा तालमेलका लागि एमालेले कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी लगायतका दलसँग छलफल अघि बढाएको छ।

