
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्धारा जेन्जी आन्दोलनको कोषमा १ करोड १० लाख राहात प्रदान



काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले जेन–जी आन्दोलनको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १० लाख रुपैयाँ प्रदान गरेको छ। इन्स्योरेन्स कम्पनीले क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सो रकम हस्तान्तरण गरेको जनाएको हो ।
यता, सोही कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सो रकम सहयोग उपलब्ध गराएको जनाएको छ । उक्त रकम बराबरको चेक सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव लगायत सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर खनालले सिद्धार्थ प्रिमियर ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद ज्ञापन गरेका छन् ।
त्यस्तै, सो रकम सहित सोमबारसम्म उक्त कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको जनाइएको हो ।

