
सञ्चार तथा प्रसारण विभागले पत्रकारको दुर्घटना बीमा गराउने



काठमाडौं । सूचना तथा प्रसारण विभागले पत्रकारहरुको दुर्घटना बीमा गराउने भएको छ । विभागले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार पत्रकार दुर्घटना बीमा गर्ने प्रयोजनका लागि इच्छुक पत्रकारहरुबाट निवेदन माग गरेको हो ।
विभागले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । विभागले पत्रकारको ७ लाख रुपैयाँको बीमा आईजीआइ प्रुडेन्सियल इन्सोरेन्समा गर्ने जनाएको छ । विभागले उपत्यका बाहिराका ५० र उपत्यका भित्रका ५० प्रतिशत पत्रकारको बीमा गराउने जनाएको छ ।


