
हायात प्लेस बुटवलमा नयाँ वर्षको भव्य स्वागत, बहु प्रतिक्षित ‘न्यू इयर्स इभ अन्डर द स्टार्स’ कार्यक्रम सम्पन्न



काठमाडाैं । हायात प्लेस बुटवलले आफ्नो बहुप्रतिक्षित कार्यक्रम ून्यू इयर्स इभ अन्डर द स्टार्सू को भव्य आयोजनासँगै नयाँ वर्ष २०२६ लाई स्वागत गरेको छ।
२०२६ को पूर्वसन्ध्यामा साँझ ७ बजेदेखि सुरु भएको यो खुल्ला आकाशमुनिको उत्सवले होटेलको स्विमिङ पुल परिसरलाई क्षेत्रकै प्रमुख पार्टी गन्तव्यमा परिणत गरिदियो, जहाँ पाहुनाहरूले भव्य आतिथ्य, जोडदार सांगीतिक माहोल र स्वादिला परिकारहरूको मज्जा लिए।
नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका पाहुनाहरूले भरिभराउ उक्त कार्यक्रम आयोजकको प्रतिज्ञा बमोजिम नै एक पूर्ण ुआउटडोरु अनुभव सावित भयो। जाडोयामको खुल्ला आकाश र वरपरका पहाडहरूको दृश्यका बीच कार्यक्रम स्थललाई रङ्गीचङ्गी बत्तीहरूले सजाइएको थियो, जसले सन् २०२५ लाई बिदाई गर्न एक जादुयी माहोल सिर्जना गर्यो।
कार्यक्रमको सञ्चालन मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२५, प्राप्ति रानाभटले गरेकी थिइन् भने उनको आकर्षक प्रस्तुतिले रातभर माहोल जमाएको थियो। त्यस्तै, मनोरञ्जनका लागि विभिन्न कलाकारहरूको प्रस्तुति समावेश गरिएको थियो। साँझको सुरुवात ुराग एण्ड रिदमु ब्यान्डको सुमधुर लाइभ धुनबाट भयो भने डिनरको समयलाई थप रोमान्टिक बनाउन स्याक्सोफोनको विशेष प्रस्तुति रहेको थियो।

