
दाङमा अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प आयोजना गर्दै एमएडब्लु वृद्धि



काठमाडाैं । नेपालका लागि डोङफेङ र सेरेस इलेक्ट्रिक सवारी साधनका आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ।
उक्त क्याम्प १९ देखि २१ पौष २०८२ सम्म राप्ती अटोमार्ट प्रालिमा आयोजना हुनेछ, जुन दाङ्ग क्षेत्रका लागि डोङफेङ नेपालका आधिकारिक वितरक हुनेछ। यस टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्पमार्फत ग्राहकहरूले अत्यन्तै आकर्षक आर्थिक सुविधा तथा एक्सचेन्ज सहुलियतसहित इलेक्ट्रिक सवारी साधनतर्फ रूपान्तरण हुने उत्कृष्ट अवसर पाउनेछन्।
यो टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प दुई महत्वपूर्ण अवसरको उपलक्ष्यमा आयोजना गरिएको हो – दाङ्गमा नयाँ, स्टेट-अफ-दि-आर्ट डोङफेङ शोरूमको उद्घाटन तथा बहुप्रतीक्षित नामी भिगोको आधिकारिक सार्वजनिक अनावरण।
इलेक्ट्रिक सवारी साधनको स्वामित्वलाई अझ सहज र सर्वसुलभ बनाउन एमएडब्लु वृद्धिले यस कार्यक्रम अवधिमा विशेष लाभहरूको व्यापक प्याकेज प्रस्तुत गरेको छ। ग्राहकहरूले नयाँ नामी भिगो वा नामी बक्स विशेष नाडा मूल्यमा खरिद गर्न सक्नेछन्।

