
वाईफाई नेपालको नयाँ वर्ष कम्बो अफर: ‘१५० एमबीपीएस इन्टरनेट, खल्तीबाट भुक्तानीमा सित्तैमा केपीआई हेल्मेट’



काठमाडौं । नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएका तथा विश्वासिलो इन्टरनेट सेवा प्रदायकमध्ये एक वाईफाई नेपालले नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष मूल्य र सुविधासहितको नयाँ वर्ष कम्बो अफर सार्वजनिक गरेको छ।
उच्च गतिको इन्टरनेट, डिजिटल भुक्तानीको सहजता र थप उपहार विशेष मूल्य सुविधासहितको नयाँ वर्ष कम्बो अफर ‘१५० एमबीपीएस इन्टरनेट, खल्तीबाट भुक्तानीमा सित्तैमा केपीआई हेल्मेट’।
यस सीमित अवधिको नयाँ वर्ष अभियान अन्तर्गत १५० एमबीपीएस इन्टरनेट प्याकेज १२ महिनाका लागि जडान गर्दा ग्राहकहरूले रु. १०,६८० (भ्याट सहित) मा सेवा प्राप्त गर्न सक्नेछन्, जसमा कुनै पनि जडान वा सेटअप शुल्क लाग्ने छैन।
यस अफरअन्तर्गत खल्ती मार्फत भुक्तानी गर्ने ग्राहकहरूले सित्तैमा KPI हेल्मेट प्राप्त गर्नेछन्, जसले इन्टरनेट सेवासँगै सडक सुरक्षालाई पनि प्रवर्द्धन गर्ने उद्देश्य राख्दछ। हेल्मेट नलिन चाहने ग्राहकहरूका लागि ३ महिनाको बोनस इन्टरनेट सेवा पनि उपलब्ध गराइएको छ।

