
शेयर बजार १० अंकले बढ्यो



काठमाडौं । आज बुधवार शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ । आज नेप्से ०.४१ प्रतिशतले बढेर परिसूचक २६३३.७६ विन्दुमा पुगेको छ ।
बजार बन्द हुँदा १६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दिनभरमा ३४२ वटा कम्पनी कारोबारमा आउँदा ६३ हजार ९८१ पटक शेयर किनबेच भएको छ ।

