
५ महिनामा ट्राफकले गर्यो ७ करोडको जरिवाना संकलन



काठमाडौं । नेपाल प्रहरीले चालू आर्थिक वर्षको मंसिर महीनासम्ममा ट्राफकले गर्यो ७ करोड रुपैयाँको जरिवाना गरेको छ । ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट मात्रै ७ करोड १५ लाख ९३ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।
५ महिनाको अवधिमा प्रहरीले ४० करोड २५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
जसमध्ये अवैध मालसामान बरामदबाट सर्वाधिक १७ करोड ९५ लाख ६७ हजार रुपैयाँ र फरार कैदी तथा अदालती फैसला कार्यान्वयन मार्फत १२ करोड ३७ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यसैगरी अवैध सुनचाँदी बरामद गरी ८९ लाख ४५ हजार रुपैयाँ र स्रोत नखुलेको रकम बरामद गरी ८५ लाख ९ हजार रुपैयाँ संकलन भएको छ ।
त्यस्तै हुण्डी कारोबारीबाट ६४ लाख ४३ हजार रुपैयाँ उठेको छ भने अवैध नदीजन्य पदार्थ उत्खननबाट २६ लाख ६४ हजार रुपैयाँ, अवैध पशुपक्षीबाट ७ लाख २ हजार रुपैयाँ र अवैध काठ बरामद गरी २ लाख ८७ हजार रुपैयाँ प्रहरीले संकलन गरेको छ ।

