
नेपाल लाइफको म्युचुअल फण्डले पायो स्वीकृति



काठमाडौं । नेपाल लाइफको म्युचुअल फण्डले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । नेपाल लाइफ समृद्धि लगानी योजना नाम रहेको फण्डले आज स्वीकृति पाएको हो ।
उक्त फण्ड बन्दमुखी फण्ड हो । कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले १६ करोड इकाई फण्ड निष्काशन गर्ने भएको छ ।
फण्डको योजना व्यवस्थापक र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको छ ।

