
आजसम्म सेयर किन्नेले नबिल बैंकसहित यी ७ कम्पनीकाे लाभांश पाउने



काठमाडाैं । आज ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, छिमेक लघुवित्त, नबिल बैंक र डिप्रोक्स लघुवित्तका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाएर लाभांश प्राप्त गर्न सक्नेछन्।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले पुस २४ गतेकाे साधारण सभाबाट ५ प्रतिशत बाेनस सेयर ५ प्रतिशत नगद लाभांश पारी गर्नेछ भने सपोर्ट लघुवित्तले पुस ३० गतेकाे साधारण सभाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५ र नगद वितरणकाे प्रस्ताव पारीत गर्नेछ ।
यस्तै मिथिला लघुवित्तले पुस ३० गतेकाे साधारण सभाबाट १४.२५ प्रतिशत बाेनर र ०.७५ प्रतिशत नगद लाभांश पारीत गर्नेछ भने छिमेक लघुवित्तकाे पुस २९ गतेकाे साधारण सभाबाट १२.५ प्रतिशत बाेनस सेयर र १२.५ प्रतिशत नगद लाभांश पारित हुनेछ ।
डिप्रोक्स लघुवित्तले चितवनकाे साैराहामा पुस २८ गते साधारण सभा बाेलाएकाे छ भने यक्त सभाले १० प्रतिशत बाेनस सेयर र ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ भने नबिल बैंककाे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैंमा पुस २८ गते हुने साधारण सभाबाट १२.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ बुटवल पावर कम्पनी लिमिटेडले पुस १५ गते बुकक्लोज गर्दैछ। कम्पनीले बबर महल काठमाडाैंमा साधारणा सभा बाेलाएकाे छ । कम्पनीले ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ
यस्तै बाँकी ६ कम्पनीहरूले पुस १६ गते बुकक्लोज गर्दैछन् । आजको दिन, तमु ल्होसारको अवसरमा सार्वजनिक विदा रहेकोले नेप्सेमा कारोबार गर्न सकिने छैन। यसैले, आजसम्म कायम शेयरधनीहरूले यी कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन र यी कम्पनीहरूले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

