
ब्रेल लिपियुक्त सूचनात्मक बोर्ड र भिजिटिङ कार्डको व्यवस्था



काठमाडौं । दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका नागरिकहरूले राज्यका सेवा सहज, समावेशी र व्यवहारिक रूपमा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताप्रति प्रतिबद्धता जनाएका छन् । सोही दृष्टिकोणअनुसार, मन्त्रालयमा ब्रेल लिपि एम्बोस गरिएको सूचनात्मक बोर्डको व्यवस्था गरिएको छ।
साथै, भिजिटिङ कार्डमा समेत ब्रेल लिपि एम्बोस गराइएको छ । जसले दृष्टिविहीन नागरिकहरूलाई आवश्यक जानकारीमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्नेछ। मन्त्रालयमा कार्यरत दृष्टिविहीन कर्मचारी निरा अधिकारीले ब्रेल लिपिसहितको उक्त बोर्ड प्रयोग गरी यस किसिमको व्यवस्था उनीजस्ता अन्य दृष्टिविहीन व्यक्तिहरूका लागि अत्यन्त उपयोगी, सहज र व्यवहारिक हुने प्रतिक्रिया व्यक्त गरिन ।


