
महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक आज



काठमाडौं । नेकपा एमालेकाे ११ औं महाधिवेशनपछि आज पहिलो पटक पार्टीको सचिवालय बैठक बस्ने भएकाे हाे । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
समानुपातिकका उम्मेद्वारको अन्तिम सूची तयार गर्ने मुख्य एजेण्डा बनाएर बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले बताए।
उनका अनुसार कार्यलय व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र प्रधानमन्त्रीले शीर्ष तीन दलका नेतासँग गरेको छलफलबारे पनि अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी गराउने कार्यसूची छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेद्वारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।

