
प्रतिकूल मौसमका कारण पोखरा-जोमसोम हवाई सेवा स्थगित



काठमाडौं । समिट एयरलाइन्स र तारा एयरलाइन्सले पोखरा–जोमसोम हवाई सेवा स्थगित गरेका छन् ।
हिउँदयाम लागेसँगै प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण यी दुई निजी वायुसेवाले तीन महिनाका लागि उडान स्थगित गरेका हुन् ।
नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने नागरिक उड्यन कार्यालय जोमसोमले जानकारी दिएको छ।
तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको हो भने समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको छ ।

