
रिलायन्स स्पिनिङ मिल्सको आइपीओमा साढे १५ अर्ब रुपैयाँको आवेदन



काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको साधारण शेयर (आइपीओ) माग भन्दा बढी आवेदन परेको छ । उक्त आइपीओमा करिब साढे १५ अर्ब रुपैयाँको आवेदन परेको छ ।
बुधवार सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाअनुसार कम्पनीको आइपीओमा तीन लाख ५२ हजार ६७ जनाले आवेदन दिएका छन् । सिडिएससीका अनुसार १५ अर्ब ३० करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको एक करोड ८६ लाख ४५ हजार ४६० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयरको ५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता शेयर यर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको, १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५४६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको छ ।
५ प्रतिशत अर्थात् ५७ हजार ७८८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयरहरू सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

