
चिलिमे हाइड्रोपावरद्वारा १२ प्रतिशत लाभांश घाेषणा, नगद कति ?



काठमाडाैं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १२ प्रतिशतका दरले ८ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेकाे हाे ।
सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

