
नेपाल टेलिकमको लाभांश घोषणा



काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैठकले सेयरधनीलाई ३० प्रतिशत अर्थात् प्रतिकित्ता ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि पुस ३० गते बुधबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि निर्धारण गर्नेछ । साधारणसभा तथा लाभांश वितरणका लागि पुस २० गतेदेखि ३० गतेसम्म बुक क्लोज गरिने कम्पनीले जनाएको छ ।

