
शतप्रतिशत हकप्रद शेयर जारी गर्दै सामलिङ्ग पावर



काठमाडाैं । सामलिङ्ग पावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनी सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ५० करोड रुपैयाँको अधिकतम १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले ५० कराेड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने बताएको हाे।
साथै उक्त निर्णय अनुमाेदनका लागि आगामी आर्थिक साधारणस भामा पेश गर्ने निर्णय गरेकाे छ ।

