
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका शेयरधनीहरूले लाभांश नपाउने भएका छन्।
कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गरी आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको छ भने शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ।