
लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्तले बोलायो साधारणसभा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते मंगलबार पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि मा बिहान १० बजे तह्रौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आवको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ।
त्यसैगरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्नेछ।


